ट्रम्पको जितमा इरानको प्रतिक्रियाः ह्वाइट हाउसमा जो बसे पनि हामीलाई केही फरक पर्दैन

अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि विश्वभरबाट बधाई र प्रतिक्रिया आउने क्रम जारी छ । यसै क्रममा अमेरिकाको प्रतिद्वन्द्वीका रूपमा परिचित इरानले समेत प्रतिक्रिया दिएको छ ।

इरानी सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले सरकारी टेलिभिजन आईआईबीमा प्रतिक्रिया दिँदै ट्रम्पको जितले केही नबदलिने बताएकी छिन् । पछिल्लो समय इरान र इजरायलबीच टकराव बढिरहेका बेला पनि इरानको प्रतिक्रियालाई महत्त्वका साथ हेरिएको छ ।

‘अमेरिकी राष्ट्रपतिको चुनावले हामीलाई केही फरक पर्दैन । अमेरिका र इरानमा सरकार परिवर्तनले खासै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन’, उनले भनिन् ।

सन् २०१६ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए । इरान र अमेरिकाबीच परमाणु सम्झौता बाराक ओबामाको कार्यकालमा भएको थियो ।

सम्बन्धित समाचार