२२ रनमै कुवेत अलआउट, नेपाल १०८ रनले विजयी

 यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो जित निकालेको हो ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनको लक्ष्य दिएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमै अलआउट भयो ।

कुवेतका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन जोडेको थियो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन जोडिन् । ३८ बलमा ४ चौका हिर्काएकी उनी रनआउटको रुपमा आउट भएकी थिईन् । त्यस्तै ओपनर साना प्रविनले २५ रन थपिन् । १८ बलको सामना गरेकी उनले ५ चौका हिर्काइन् । ज्योत्सिका मरासिनीले २३ रन थपपेको खेलमा अलिसाकुमारी यादवले १५ रन बनाईन् भने सावित्रा धामी र सोनी पाख्रिनले समान ६ रन जोडे । कुवेतका लागि भने आयेशा इक्बाल पेवेकरले २ विकेट लिइन् ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा मैदान उत्रिएको थियो । जून पूरा भएको छ ।

कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ नरको फराकिलो अन्तरले पराजित भएको थियो । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । खल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

सम्बन्धित समाचार