नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा चार जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायढगढ- मुग्लिङ सडकखण्डमा बस र हायस गाडी ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। शुक्रबार बिहान अन्दाजी ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नं.को गाडी मुग्लिङ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नंको बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र दुई जना गम्भीर रहेको डिएसपी रिजालले बताए। दुर्घटना हुँदा सडकखण्ड पनि एकतर्फी अवरूद्ध छ। प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर-९ बस्ने ४४ वर्षीय सुर्यबिक्रम बिष्टलाई पक्राउ गरेको छ।

माइक्रोका चालक अन्दाजी ४० वर्षीय पुरूष, उक्त गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका-१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला, ३२ वर्षीया पुरूष र ३५ वर्ष वर्षीय पुरूषको मृत्यु भएको छ।

हायस चालक र गुरूङको भरतपुर अस्पताल र अन्य तीनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

तक चार जनाको सनाखत हुन बाँकी छ। बसका सहचालक काठमाडौं-३२ बस्ने ३० वर्षीय भोज बिक्रम शाह सामान्य घाइते रहेको डिएसपी रिजालले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार