नेपाली बजारमा सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार रुपैयाँ बढेर एक लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ । कार्तिक १५ गते ऐतिहासिक रेकर्ड कायम गर्दै सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।