मन्त्री छान्न नेकपा एसको बैठक

काठमाडौँ – भागबण्डाको सकसले पूर्ण आकारमा सरकार विस्तार गर्न नसक्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किस्ता किस्तामा मन्त्री चयन गर्ने भएका छन् ।

मंगलबार र बुधबार बिहान बालुवाटारमा सरकार विस्तारका लागि सत्तारुढ दलको बैठक यसैले प्रधानमन्त्रीले आजै कम्तीमा १ जनाको नाम दिन आग्रह गरेपछि नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।

बैठकले प्रधानमन्त्रीले मागेअनुसार एक जनाको नाम मन्त्रीका लागि सिफारिस गर्ने तयारी गरेको छ ।नेकपा एसले सरकारमा ३ मन्त्रालय मागेको छ । तर प्रधानमन्त्रीले २ वटासम्म मन्त्रालय दिन सकिने प्रस्ताव गरेका छन् । नेकपा एसले बेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने सम्भावना बढी छ । यी २ मा पनि १ जनाको नाम तय गर्न बैठक बसेको हो ।