नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ। शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ। स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। स्थानीय तहका रिक्त विभिन्न ४४ पदमा उपनिर्वाचन हुन लागेको हो।
एमालेले २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई भनेको थियो। सो अनुसार बागमती प्रदेशभरिका स्थानीय तहका उम्मेदवार टुंगिसकेको छ। अरू विभिन्न ठाउँहरूबाट पनि उम्मेदवारी टुंगिएको छ।
सचिवालय बैठकमा बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।