प्रतितोला पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेर ९२ हजार ४ सय कायम भएको छ ।

यसअघि छापावाल सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य १ हजार २८५ रहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार