सांसदको तलब भत्ताको कारोबार अब वाणिज्य बैंकबाट

सांसदले तलब भत्तासहितका सुविधा अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट प्राप्त गर्ने भएका छन् ।

संघीय संसद सचिवालयले सम्पूर्ण कारोबार सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकबाट सुरु गरेको हो । यसअघि सांसदहरुको खाता एभरेष्ट बैंकमा थियो ।

अर्थ मन्त्रालयले हालै सिंहदरबारभित्रका सबै कार्यालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि सोही बैंकबाट गर्न लागिएको प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

सांसदहरुले लामो समयदेखि विदेशी साझेदार रहेको बैंकमा खाता सञ्चालन गर्न नहुने धारणा संसद बैठकमै राख्दै आएका थिए । सांसदहरुले बैंक परिवर्तनको माग गरेपछि सभामुख अग्नि सापकोटाले सरकारलाई कारोबार सरकारी बैंक मार्फत् हुने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका थिए ।

तर अर्थ मन्त्रालयले आर्थिक बर्षको बीचमा खाता परिवर्तन गर्न कठिनाई हुने जानकारी दिएको थियो । संसद सचिवालयले आर्थिक वर्ष २०७७/७८ सकिएपछि २०७८ असार ३१ गते पुन: अर्थ मन्त्रालयमा खाता परिवर्तनका लागि अनुरोध गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार