अंश विवादमा छोराले गरे बाबुको हत्या

काभ्रेपलाञ्चोकमा बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् ।

नमोबुद्ध नगरपालिका वडा-७ का ४४ वर्षीय रामलाल श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई प्रहरीचौकी भकुन्डेबेशीबाट खटिएको टोलीले घर नजिकै रहेको ढोडेनी वनमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो ।

कात्तिक १० गते राति १० बजे ७४ वर्षीय बलबहादुर श्रेष्ठ आफ्नै घरमा सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए । बलबहादुरको हत्या भएको देखिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।

उनीविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी घलेले जानकारी दिए । उनका अनुसार कात्तिक ८ गते साँझ ८ बजे अंशको विषयमा झगडा परेको थियो । विवादकै बीचमा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरेका थिए भने हँसिया र फलामको आग्लो प्रहार गरी घाँटी थिचेर हत्या गरेका थिए ।

सम्बन्धित समाचार