नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी छ ।
सोमबार प्रतितोला १ हजारले घटेको छापावाल सुन मंगलबार २ हजार ४०० रुपैयाँले घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आज चाँदी सोमबारको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको छ ।