कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको सानदार शतकमा २ विकेट गुमाएर २१३ रन बनायो ।

नेपालकी कप्तान पुजा महतोले १३० र सोनी पाख्रिन ४३ रनको अविजित इनिङ खेले । पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाउँदा सोनी ३३ बलमा दुई चौका मद्दतमा ४३ रनमा अविजित रहिन् । उनीहरूले तेस्रो विकेटका लागि ८४ बलमा १५७ रनको साझेदारी गरे ।

सावित्रि धामीले ११ र सान प्रविनले ६ रन बनाए । कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक/एक विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार