कोशीका पूर्वमन्त्री अधिकारीलाई सात दिन हिरासतमा राख्न अनुमति

कोशी प्रदेशका पूर्वकानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले अधिकारीसहित नौ जनालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । त्यसबेला अन्य अभियुक्तसँगै म्याद मिलान गर्न अदालतले २ दिन अनुमति दिएको थियो ।

यो घटनामा सोमबार पनि दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई छन् । उनीहरुले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार