प्रहरीले तनहुँमा जुवा (कौडा) खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट १६ थान कौडा र ६ लाख ४३ हजार १९० रूपैयाँ नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।
गएराति करिब १२ बजेको समयमा शुक्लागण्डकी नगरपालिका-२ हलेदीस्थित मानबहादुर घलेको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ६९ वर्षीय यामबहादुर शाही भन्ने यामबहादुर आले, ६३ वर्षीय भीमबहादुर थापा, ३५ वर्षीय प्रकाश जुवार्चन, ३८ वर्षीय रेमण राना, ३५ वर्षीय दिल कृष्ण आले र ३० वर्षीय विकाश श्रेष्ठ रहेका छन् ।
यस्तै, ५४ वर्षीय किसान आले, ३४ वर्षीय सुदीप परियार, ३१ वर्षीय विनोद थापा, ४२ वर्षीय मोहन मगर, ३९ वर्षीय टिकाराम रिमाल, ४१ वर्षीय दीलिप गुरुङ र ५० वर्षीय मानबहादुर घले पनि पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।