नेकपा (एमाले) ले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्ने भएको छ ।
पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त आयोजनामा जागरण सभा गर्न लागिएको एमालेले जनाएको छ ।
बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्य समिति बनाइएको छ । समितिको सहसंयोजकमा कैलाश ढुंगेल, सदस्यहरु टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, तिक्षिज थेबे, समिक बडाल र जनन चौधरी छन् ।
जागरण सभा संयोजन समितिको बुधबार बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको जनाएको छ ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले जनाएको छ ।
जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुऱ्याउने उद्देश्य लिएको पनि भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।