धितोपत्र बोर्ड अध्यक्षका यी तीन उम्मेदवारलाई फेरि बोलाइयो अन्तर्वार्तामा

सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ ।

यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो ।

मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समिति’ले बिहीबार सूचना प्रकाशन गरी डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आगामी मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्ता दिन सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आउन भनेको हो ।

उनीहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइएको हो ।

२०८० पुस २० यता धितोपत्र बोर्ड अध्यक्षविहीन छ।

सम्बन्धित समाचार