उपनिर्वाचनमा राप्रपाले सबै ठाउँमा उम्मेदवारी दिने, कसैसँग तालमेल नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन थालेको छ ।

उसले उपनिर्वाचनमा कसैसँग तालमेल नगर्ने पनि बताएको छ । त्यस्तै उपनिर्वाचन हुने सबै स्थानीय तहमा उमेदवारी दिने पनि पार्टीले जानकारी दिएको छ ।

राप्रपाले उपनिर्वाचन हुने ४४ मध्ये १७ स्थानमा हालसम्म उम्मेदवार टुंगो लगाएको छ । बाँकी स्थानीय तहका उमेदवारहरू चाँडै टुगो लाग्ने राप्रपाले जानकारी दिएको छ ।

यी हुन् राप्रपाका उम्मेदवारहरू

कोशी

झापा: कन्काई नपा ६ -नारायणप्रसाद निरौला
सुनसरी: गद्दी गापा ६ कविताकुमारी उराव
तेह्रथुम: लालीगुराँस नपा ८ रत्नबहादुर श्रीपाली
ओखलढुंगा: मोलुङ गापा ५-चन्द्रमणी दाहाल

मधेश

सप्तरी: डाक्नेश्वर नपा १-सतिसकुमार चौधरी
सप्तरी: डाक्नेश्वर नपा ४-रामकुमार यादव

बागमती

काठमाडौं महानगर-१६- श्यामकृष्ण श्रेष्ठ
दोलखा: गौरीशंकर गापा- उपाध्यक्ष मनकुमारी श्रेष्ठ
काठमाडौं: कीर्तिपुर नपा- प्रमुख ध्रुव महर्जन
काठमाडौं: कीर्तिपुर नपा१- सुरेन्द्र उप्रेती
काठमाडौं: कीर्तिपुर न.पा.४-बिजेश बस्नेत
मकवानपुर: हेटौंडा उमनपा १२- प्रेम लामा भ्लोन

लुम्बिनी

गुल्मी: मुसीकोट गापा १- ईश्वरी खाती
रोल्पा: रुन्तीगडी गापा ४- पहलबहादुर वली
कपीलवस्तु: शुद्धोधन गाउँपालिका १- इम्तीयाज अहमद

कर्णाली

कालीकोट: तिलागुफा नगरपालिका ४ जुद्धबहादुर शाही

सुदूरपश्चिम

​बाजुरा: स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष सुनादेवी थापा (भोटे)

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार