चोरीमा संलग्न ३४ वर्षीय नविन पक्राउ

भक्तपुरमा चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–५ बस्ने ३४ वर्षीय नविन भन्ने रवि कार्की छन् । भक्तपुर लोकन्थलीबाट उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

मध्यपुर ठिमी नगरपालिका–२ बस्ने कृष्णबहादुर कार्कीको कोठाबाट सुन, चाँदीको गरगहना तथा नगद चोरी भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

कृष्णबहादुरको कोठाबाट कात्तिक १३ गते सुन, चाँदीको गरगहना तथा नगदसहित करिब दुई लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनी उपर चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार