सामसुङ ग्यालेक्सी ए१६ फाइभजी सार्वजनिक

सामसुङ नेपालले ग्यालेक्सी ए१६ फाइभजी मिडरेन्ज स्मार्टफोन सार्वजनिक गरेको छ । नयाँ मोबाइलमा ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर की आइजल्यान्डसहितको प्रिमियम ग्यालेक्सी ए–सिरिज डिजाइन, आइपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टम रहेको कम्पनीले जनाएको छ ।

नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो भने उपभोक्ता इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित रहेको कम्पनीले बताएको छ । सामसुङ ग्यालेक्सी ए१६ फाइभजी गायक वाङ्देन शेर्पासँग ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो ।

सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले आफ्नो सेग्मेन्टमा सिक्स जेनेरेसनको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराएर ग्यालेक्सी ए१६ फाइभजीले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्तालाई मिड–रेन्ज स्मार्टफोनमा अतुलनीय अनुभव उपलब्ध गराउने बताए ।

सबैभन्दा पातलो मिड–रेन्ज उपकरण रहेको यो मोबाइको मोटाइ ७.९ एमएम रहेको छ। यसको पातलो, स्लिम डिजाइनले प्रयोगकर्ताले सहजै समात्न सक्छन् । प्रिमियम फिनिस र विशिष्ट की आइल्यान्ड फ्रेमको साथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा, आइपी५४ रेटिङ र सुरक्षाका लागि धुलो र पानी प्रतिरोध गर्न सक्छ ।

कम्पनीका अनु्सार शक्तिशाली ५० एमपीको क्यामेरा, ५ एमपी अल्ट्रावाइड क्यामेरा र २ एमपी माइक्रो क्यामेरा सुविधाको यो मोबाइलले क्रिप्स र पूर्ण तस्बिर खिच्न सक्ने कम्पनीको दाबी छ । १३एमपीको फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलको स्तरलाई बढाउँछ भने फोनमा ६।७ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले मोबाइलमा रहेको छ ।

ग्राहकले थप सुविधामा परिस्कृत कनेक्टिभिटीका लागि गुगल मिट र क्विक सेयरको साथ सहज अनुभव लिन सक्ने कम्पनीले बताएको छ ।
कालो, हल्का हरियो र सुनौला रंगमा उपलब्ध ग्यालेक्सी ए१६ फाइभजीको ६र१२८ जीबी भेरियन्टको मूल्य २८ हजार ९९९, ८÷१२८जीबी भेरियन्टको ३० हजार ९९९ र ८र२५६जीबी भेरियन्टको ३४ हजार ९९९ मूल्य पर्छ ।

कम्पनीले ग्यालेक्सी ए१६ फाइभजी सेट खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क उपलब्ध गराउनेछ भने यो मोडल सबै अधिकृत सामसुङ स्टोरमा इन्स्टा फाइनान्स सेवा मार्फत खरिद गर्न सकिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार