रूपन्देहीमा रविको बयान सकियो, पोखरा लगिँदै

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपेन्देही पुर्‍याइएका रवि लामिछानेको बयान सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले लामिछानेको बयान सकिएको बताइन् । अब उनलाई पोखरा लगिँदै छ । उनलाई ७ : ३०को उडानमा पोखरा लैजाने गरी टिकट काटिएको जनाइएको छ ।

सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा प्रहरीले उनकै पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति सुद्धिकरणको कसुरमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गितेन्द्रबाबु (जीबी) राई जोडिएको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दा लामिछाने गृहमन्त्री रहेकै बेला ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप रविमाथि छ। त्यस्तै लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ निकासा भएको पाइएको छ।

यसै प्रकरणमा उनका व्यापारिक साझेदार छविलाल बन्जाडे जोशीसँग यसअघि नै बयान लिएर पोखरा पठाइसकिएको छ। अर्का साझेदार जीबी भनिने गीतेन्द्रबाबु राई भने फरार छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार