काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना बन्द कोठाभित्र मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार, ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत भेटिएका हुन् ।
अहिले घटनास्थलमा प्रहरी वृत्त, बौद्ध, जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ । शवको मुचुल्का भइरहेको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सकसहितको टोली समेत घटनास्थलमा पुगेको छ ।