चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा १४.२० ले कम हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने सामान्य बढेको छ । गत वर्ष ८ अर्ब ५८ करोड रहेको सञ्चालन आम्दानी यस अवधिमा ८ अर्ब ६८ करोड नाघेको छ ।
समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा ४५.०५ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर ३८।६६ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ भने ५३५.०९ रहेको छ ।
ओटीटी सेवाले कम्पनीको समग्र भोइसरएकएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको कम्पनीले जनाएको छ । बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेकोले लागतसमेत बढिरहेको कम्पनीको दाबी छ ।