इंग्ल्याण्डका रवि बोपारालाई चितवन राइनोजले भित्र्यायो

ईंग्ल्यान्डका भेट्रान अलराउन्डर रवि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) मा जोडिएका छन् । उनलाई चितवन राइनोजले अनुबन्धित गरेको हो ।

राइनोजले सामाजिक सञ्जालमा पोस्ट गर्दै बोपारालाई अनुबन्ध गरिएको जानकारी गराएको छ । उनले कुशल मल्लको कप्तानीमा खेल्नेछन् ।

इंग्ल्याण्डबाट १७१ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेका उनले तीन वटै (टेस्ट, एक दिवसीय र टी–२०) फर्म्याटमा उत्कृष्ट प्रर्दशन गरेका छन् । ३९ वर्षीय क्रिकेटर बोपाराले २००२ मा फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । त्यसपछि उनले यु १९ विश्वकपमा इंग्ल्याण्डबाट खेलेका थिए । उनी सन् २०१६ मा इंग्ल्याण्डको टिमको कप्तान पनि भएका थिए ।

पछिल्लो समय राष्ट्रिय टिमबाट विदा भए पनि उनले फ्रेन्चाइज क्रिकेट भने खेल्दै आएका छन् । टी–२० लिगहरूमा ४७८ खेलबाट ९ हजार ४८६ रन र २९१ विकेट लिएका छन् । उनीसँग इन्डियन प्रिमियर लिग आइपीएल, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग खेलेको पनि अनुभव छ ।

चितवन राइनोजपछि बोपाराले नेपालमा क्रिकेटप्रतिको क्रेज र समर्थनबारे जानकार रहेको बताउँदै नेपालमा आएर खेल्नका लागि उत्साहित रहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार