अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नेतृत्वको सरकारको स्वास्थ्य तथा मानवसेवा(एचएचएस) मन्त्रीमा रोबर्ट एफ केनेडी जुनियर (आरएफके जूनियर)लाई चयन गरेका छन् । उनी अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीका छोरा हुन् ।
हालै भएको निर्वाचनमा अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले स्वास्थ्य तथा मानवसेवा मन्त्रीको उम्मेदवारको रुपमा जूनियरलाई पाउँदा खुसी व्यक्त गरेका छन् ।
‘धेरै लामो समयदेखि, अमेरिकीहरू औद्योगिक फूड कम्प्लेक्स र औषधि कम्पनीहरूले कुचलेका छन् जसले सार्वजनिक स्वास्थ्यको कुरा गर्दा छल, गलत सूचना र विकृतिमा संलग्न छन्,’ ट्रम्पले नोभेम्बर १४ मा सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै लेख्छन्,’हानिकारक रसायनहरू, प्रदूषकहरू, कीटनाशकहरू, औषधि उत्पादनहरू, र यस देशमा अत्यधिक स्वास्थ्य संकटमा योगदान पुर्याउने खाद्य पदार्थहरूबाट सबैलाई जोगाउन मद्दत गर्न एचएचएस ले ठूलो भूमिका खेल्नेछ ।’
१९७९ मा सिर्जना गरिएको एचएचएसले १३ अलग-अलग एजेन्सीहरूको निरीक्षण गर्दछ। यी मध्ये सबैभन्दा प्रसिद्ध रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसि), खाद्य र औषधि प्रशासन (एफडिए), र राष्ट्रिय स्वास्थ्य संस्थानहरू हुन् ।