दार्चुला दुर्घटनाका चार घाइतेलाई हेलिकप्टरबाट धनगढी ल्याइयो

दार्चुला जिप दुर्घटनाका घाइते चार जनालाई थप उपचारका लागि कैलालीको धनगढी ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई धनगढी पठाइएको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिइन् ।

गोकुलेश्वर अस्पतालले घाइतेहरू भारतीय नागरिक १७ वर्षीय सोहिन शाह, जिप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनील जोशी, बैतडीको डिलाशैनी गाउँपालिका-५ का २८ वर्षीय उत्तम रोकाया र शैल्यशिखर नगरपालिका-५ का ८ वर्षीय सन्दीप रावललाई रेफर गरेको हो ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान शैल्यशिखर नगरपालिका-६ बकजेबलामा दुर्घटना भएको हो । दुर्घटनामा ७ जनाको घटनास्थलमै एक यात्रुको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किरहेका १३ जना चढेको जिप सडकबाट डेढ सय मिटर तल खसेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार