पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।
ढुंगाना २०४८ सालको आम निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित सांसद हुन् । त्यसपछि उनी सभामुख भएका थिए । उनी २०७४ सालमा भक्तपुरबाट कांग्रेस उमेदवार थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।
अस्पतालका चिकित्सक डा. योगेश न्यौपानेले दिएको जानकारीअनुसार ढुंगानाको केहीबेर अघि निधन भएको हो ।