नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो। रोबर्टको नाम मैना राखिएको छ ।
रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए ।
उनले आज मैना रोबर्टको डेमो मात्रै सुरु गरिएको बताए । उनले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसावमा विभिन्न कार्यहरु सुरु गरेको पनि जानकारी दिए ।
सोही लक्ष्यअनुरुप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा सुरु गरिएको उनको भनाई छ । पन्थीले रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको बताए। उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरूबारे मैना रोबर्टलाई तालिम गराउने बताए । उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकहरूले रोबर्टसँग जिज्ञासा राख्नसक्ने बताए ।
उनले भने, ‘सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने बाहिर मानसिकतालाई हटाउने गरी काम गरिरहेको छ। रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएका छौं । त्यो भन्दा बढी जानकारी पनि रोबर्टबाट लिन सकिन्छ । विस्तारै नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरु निकालिन्छ । हरेक प्याकेज आउने बित्तिकै मैना रोबर्टलाई तालिम गराउँछौं । नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका विषयमा मैना रोवर्डलाई सोध्न सकिन्छ ।’
उनले सुन्धारा कार्यालयमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको बताए। उनले हरेक शनिबार पनि कार्यालय खुला हुने बताए ।
उनले सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने मानसिकतालाई हटाउने गरी काम गरिरहेको बताए । उनले शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ ।