रास्वपा भन्छ- सहकारीमा ठगिएको ८७ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको नभई राजनीतिक भ्रष्टाचारीको हो
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मकै पोल्ने र जुत्ता पालिस गर्नेको ८८ अर्ब पैसा सहकारीबाट अपचलन भयो भनेर इमोश्नल ब्ल्याकमेलिङ गरिएको टिप्पणी गरेका छन् ।
आज (आइतबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले प्रतिवेदनमा औंल्याएको ८८ अर्ब हिनामिनामध्ये ८५ अर्ब पैसा राजनीतिक भ्रष्टाचारबाट आएको दाबी गरेका हुन् । उनले एकरदुई अर्ब पैसा मकै पोल्ने र जुत्ता पालिस गर्नेहरुको पनि हुनसक्ने बताउँदै बाँकी भ्रष्टाचारबाट आएको पैसा नै रहेको दाबी गरेका हुन् ।
“सहकारीको ८७ अर्ब रुपैयाँ अपचलन भएको भन्ने छ । तपाईंहरूलाई लाग्छ कि त्यो सबै मकै पोल्ने र जुत्ता पालिस गर्नेको पैसा हो ? होइन नि,” झाले भने, “त्यो त राजनीतिक भ्रष्टाचारको पैसा हो ।”
उनले पुराना पार्टीले कालो धनको पैसा लुकाउन स्रोत खोल्नु नपर्ने हुनाले सहकारीमा लगेको बताए । एक करोड रुपैयाँभन्दा माथिको रकम भ्रष्टाचारीको भएको उनले दाबी गरे ।
नेता झाले एक अर्बभन्दा माथि पैसा सहकारीमा राख्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गर्नसमेत सरकारलाई चुनौति दिए ।