रवि र छविविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले रवि लामिछाने र छबिलाल जोशीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार