नेपाल टेलिकम सम्मानित

सबैभन्दा बढी कर तिर्ने नेपाल टेलिकम सम्मानित भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएकाले आन्तरिक राजश्व विभागले टेलिकमलाई सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बीच टेलिकमलाई उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान पत्र प्रदान गरेका हुन् ।

टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त सम्मान ग्रहण गरेकी थिइन् । आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । सोही दिन विभागले उत्कृष्ट करदातालाई सम्मानित गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार