महालक्ष्मी विकास बैंकको ८.९९ प्रतिशतमै हरित घर कर्जा 

महालक्ष्मी विकास बैंकले ग्राहक लक्षित महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमै उपलब्ध गराउने भएको छ ।

दिगो र वातावरणमैत्री कर्जा उपलब्ध गराउने नीतिबमोजिम हरित घर कर्जा योजना सार्वजनिक गरिएको बैंकले जनाएको हो ।

जल ऊर्जा, फोहोर पानी निर्मलीकरण, वायु ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जालगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरका लागि यस्तो कर्जा उपलब्ध गराइने बैंकको भनाइ छ ।

न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी बैंकले कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोत प्रयोग गरेर निर्माण गरिएका घर खरिद, घर निर्माण, अर्पाटमेन्ट खरिद, घर थप/पुनर्निर्माण/मर्मतसम्भार गर्न उपलब्ध गराइनेछ ।

हाल बैंकले देशभर १०३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचार