नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ ।
मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ९ सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा झरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।