पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीलाई सर्मथनसहित एकीकृत समाजवादीको उम्मेदवारी फिर्ता

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) उम्मेदवार सुनिता बिएमले उमेदवारी फिर्ता लिएकी छन् ।

आफ्नो उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाएर एकीकृत समाजवादीले त्यहाँ माओवादीलाई समर्थन गर्ने भएको छ । अब पुथा उत्तरगंगाको उपाध्यक्षमा प्रतिस्पर्धामा माओवादीकी उम्मेदवार नरपुरा बुढा पुन र एमालेकी उम्मेदवार केशकुमारी तुलाचनबीच प्रतिष्पर्धा हुने भएको छ । तुलाचनलाई नेपाली कांग्रेसको समर्थन रहेको छ ।

त्यस्तै, सोही गाउँपालिकाको वडा नं. २ को वडा अध्यक्षमा माओवादीका उम्मेदवार जगत घर्ती (काजु) निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस–एमालेका साझा उम्मेदवार जीवन रोकाले चुनावी मैदान छाडेपछि घर्ती निर्विरोध भएका हुन् । रोका एमालेका नेता हुन् । रोकाले माओवादीका उम्मेदवार घर्तीलाई त्यो क्षेत्रको पुरानो, स्थापित नेता र सबैको अभिभावकको रुपमा चित्रण गरेका छन् ।

‘हाम्रो वडाको समग्र विकास र जनभावनाको सम्बोधन गर्न सक्ने निर्विकल्प समाजसेवी नेतासँग निर्वाचनमा प्रतिस्पर्धा गर्न मेरो राजनीतिक, सामाजिक र नैतिक दृष्टिले पनि उपयुक्त नहुने भएकाले मैले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्तीलाई समर्थन गरी मेरो राजीखुसीका साथ उम्मेदवारी फिर्ता लिएको छु,’ उम्मेदवारी फिर्ता लिएका रोकाले भनेका छन् ।

सम्बन्धित समाचार