नेपाल आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

भारतीय सेनाका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् ।

प्रधान सेनापति महारथी अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आएका हुन् ।

नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन् । उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एकअर्का देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेको छ।

५ दिन नेपालमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

गत नोभेम्बर १ मा भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

सम्बन्धित समाचार