महालक्ष्मी विकास बैंकको कार्यालय भवन शिलान्यास

महालक्ष्मी विकास बैंकले काठमाडौं महानगर–३० ज्ञानेश्वरमा कार्यालय भवन निर्माण शिलान्यास गरेको छ ।

आगामी ९ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आज बैंक सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायबाट भूमि पूजा गरिएको हो । नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइनेछ ।

उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकतम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारी र बैंक कर्मचारीको उपस्थिति थियो ।

बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउन महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित समाचार