बाल अदालत गठन गर्न न्याय परिषद्को सिफारिस, तोकिए न्यायाधीश

न्याय परिषद्ले भक्तपुरमा बाल अदालत गठन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज (बिहीबार) बसेको न्याय परिषद् बैठकले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका बाल इजलाशबाट हेरिने मुद्दा हेर्नेगरी बाल अदालत गठन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि सर्वोच्च अदालतले गत वर्षको असोजमै २०८१ असारभित्र बाल अदालत गठनको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको थियो ।

सर्वोच्चले २०६२ मंसिरमै बाल अदालत गठन गर्न परमादेश जारी गरेको थियो । त्यो कार्यान्वयन नभएपछि फेरि अर्को परमादेश जारी गरेको थियो ।

बाल अदालतका लागि जिल्ला न्यायाधीशहरूलाई जिम्मेवारी पनि तोकिएको छ । बैठकले उच्च अदालतका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेलाई जिम्मेवारी तोकेको हो ।

सम्बन्धित समाचार