दैलेखमा छिमेकी हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुल्लु नगरपालिका–१३, खडिका धाराका ४३ वर्षीय भुवनसिंह विक छन् ।
उनीमाथि सोही ठाउँका दाई नाता पर्ने ५६ वर्षीय कर्णबहादुर कामीको हत्या गरेको आरोप छ । भुवनले हँसिया प्रहार गर्दा कर्णबहादुर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
घटनाको सूचनालगत्तै अस्थायी प्रहरी पोस्ट बैंक विनायकबाट खटिएको प्रहरी टोलीले भुवनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीका अनुसार भुवनले आफूलाई टुनामुना गरेर बिरामी पारेको आरोप लगाउँदै कर्णबहादुरलाई हसिँयाले हानेका हुन् । मृतक कर्णबहादुर धामी काम गर्थे।