साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ विन्दुमा बन्द भएको हो । कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।
यस दिन आठ अर्ब २५ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
४३ कम्पनीको सेयर मूल्य बढेको छ । १९७ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।
फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.८६ प्रतिशत घट्यो । बैंकिङ ०.९०, विकास बैंक १.४७, होटल तथा पर्यटन १.७३, हाइड्रोपावर ०.९०, लगानी ०.९०, जीवन बीमा १.३६, उत्पादन १.५४, माइक्रोफाइनान्स ०.६८, निर्जीवन बीमा १.१६, अन्य १.६७ र व्यापार समूह ०.९८ प्रतिशत घटे ।
दुई कम्पनी सामुदायिक लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्तको ६.११, धौलागिरि लघुवित्तको ५.४९ तथा रिभर फल्स पावरको ५.३३ प्रतिशत बढ्यो ।