दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जनाको मृत्यु

मोरङमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ, सोही स्थानका २८ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक धिमाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद गौतमले जानकारी दिए ।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको गौतमले बताए । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

सम्बन्धित समाचार