पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत

सरकारले निवर्तमान मुख्यसचिव डा बैकुण्ठ अर्यालले दिएको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनले स्वेच्छिक रुपमा राजीनामा दिएकाले स्वीकृत गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचार मुद्दा लागेपछि अर्यालले मुख्यसचिव पद गुमाएका थिए भने अहिले अदालतबाट मुद्दामा सफाइ पाएसँगै उनले सरकारले सिर्जना गरेको विशेष अधिकृतको पदबाट राजीनामा दिएका हुन् ।

सम्बन्धित समाचार