आईएमई पेले बैंक लिङ्क गरौँ, मोबाइल जितौँ योजना सार्वजनिक गरेको छ ।
योजनामार्फत आइएमई पे एपले प्रयोगकर्ताहरूलाई आफ्नो बैंक खातालाई आईएमई पे एपमा लिङ्क गर्न र सहज डिजिटल भुक्तानी सुविधाको अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ ।
मङ्सिर ६ देखि माघ ६ सम्म २ महिनाको लागि चल्ने यस योजनामा आईएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरु गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्नेछन् । योजनाअन्तर्गत हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले एउटा स्मार्टफोन जित्न सक्नेछन् ।
प्रयोगकर्ताहरुले आफ्नो बैंक खातालाई सिधै आईएमई पे एपमार्फत अथवा कनेक्ट आइपिएस् मार्फत आइएमई पे एपमा लिङ्क गर्न सक्नेछन् । अफरमा सहभागी हुन पहिलै लिङ्क नभएको बैंक खाता लिङ्क गर्नुपर्ने र पैसा पठाउने वा लोड गर्ने बाहेक अन्य ३ विभिन्न भुक्तानीहरु गर्नुपर्ने हुन्छ ।
‘यो अभियान हाम्रा प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीहरू अपनाउन र नगदरहित जीवनशैलीको फाइदाहरूको आनन्द उठाउन प्रोत्साहन गर्न बनाइएको हो ’, प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘आफ्नो बैंक खाताहरू लिङ्क गरेर प्रयोगकर्ताहरूले सजिलैसँग रकम ट्रान्सफर गर्न,विभिन्न बिलहरू भुक्तानी गर्न र सामान खरिद गर्न सक्छन्, सबै आफ्नो स्मार्टफोनको सुविधाबाट ।’