एमाले महासचिव पोखरेलको स्पष्टोक्तिः कम्बोडियाको भ्रम चिर्न जागरण सभा

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कम्बोडियाको टेलिकममा लगानी छ भनेर फैलाइएको भ्रम चिर्न जागरण सभा आयोजना गरिएको बताएका छन् ।

आज (शुक्रबार) दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले भने, ‘कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर फेरि अफवाह फैलाउने काम भएको छ । हुँदै नभएको कुप्रचार गरी सरकार र एमालेविरुद्ध योजनाबद्ध भ्रम छर्ने र बदनामी गर्ने प्रयास गरिएको छ । यसलाई चिर्न पनि यो जागरणसभा हो ।’

महासचिव पोखरेलले अहिले एमालेले गरेको कामको जस अरुले लिइरहेको बताए । उनले मुलुकको अर्थतन्त्र बिग्रेका बेला पुनः एमाले नेतृत्वमा सरकार गठन भएपछि अर्थतन्त्र लयमा आएको दाबी गरे । विगतमा पनि एमाले नेतृत्वको सरकार रहेको बेला उच्च आर्थिक बृद्धि भएको नेता पोखरेलको दाबी छ ।

सम्बन्धित समाचार