जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय

सभामुख देवराज घिमिरेले सीके राउत नेतृत्वको जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई पदबाट नहटाउने भएका छन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार जनमत पार्टीले पठाएको पत्रबारे निर्णय गर्दै सभामुखले उनलाई पदबाट नहटाउने निर्णय गरेको जानकारी दिए ।

‘सभामुखज्यूबाट निर्णय भएको छ‚’उनले भने, ‘राजनीतिक दल सम्बन्धी ऐन ऐनको दफा ३२ को उपदफा १‚२‚३‚४ र ५ सम्बन्धी जुन प्रक्रिया छन् त्यी प्रक्रिया पुरा भएको नदेखिएको त्यसैगरी दफा ३८ को प्रक्रिया पुरा भएको नदेखिएकोले सांसद पद गएको सूचना निकाल्न नपर्ने निर्णय सभामुखज्यूबाट भएको छ ।’

प्रवक्ता गिरीले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८‚ दफा ३२ र ३८ को प्रावधानमा आधारित भएर सभामुखबाट निर्णय भएको उनले जानकारी दिए ।

जनमतका अध्यक्ष राउतले सांसद लाभले पार्टी फुटाउन छलफल अगाडि बढाएको, ठेकेदारसँग पैसा लिएको भन्ने आरोप लगाउँदै उनलाई सांसद पदबाट हटाउन माग गरेका थिए । राउतले लाभलाई सांसद पदबाट हटाउन माग गर्दै पटक पटक संसद सचिवालयलाई पत्र लेखेका थिए । तर सांसद लाभले भने आफूमाथीको आरोप अस्वीकार गरेकी छिन् ।

सम्बन्धित समाचार