प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । नियुक्त भएको पाँच महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।

नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी पाँच महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए । संसद् सचिवालयको भावि महासचिवको बलियो दावेदारको रुपमा हेरिएका अधिकारीले राजीनामा दिएको विषय भने गोप्य राखिएको छ ।

सम्बन्धित समाचार