नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न “नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज“ स्थापना गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २७ मा रहेको नेपाल निप्पोन चेम्बरको कार्यालय उद्घाटन जापानी दूतावासका मिशन उप–प्रमुख तामुरा ताकाहिरोले गरेका छन् ।

सामाजिक सेवा मुलक गैर नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुका साथै दुवै देशका उद्योगपति, व्यापारी तथा व्यवसायीक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।

यस चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिने र आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था गरिएको छ । यसको सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले रु. १०,००० शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्नेछन ।

संस्थाले समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक, तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिनेछ ।

सम्बन्धित समाचार