नम्बर नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान-श्रीमतीको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राममा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवारश्रीमान-श्रीमतीको मृत्यु भएको छ।

को. ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार दिउँसो ठक्कर दिएको थियो।

त्यसक्रममा मोटरसाइकल चालक संखुवासभा धर्मदेवी नगरपालिका–३ बस्ने ३२ वर्षीय युवराज गुरूङ र मोटरसाइकलमा सवार उनकै श्रीमती ३२ वर्षीया टीका गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ऐपेक्स अस्पताल ईटहरी हुँदै बीपी स्वास्थ्य विज्ञान प्रतिष्‍ठान घोपा धरानमा थप उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार