मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन् । अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको स्रोतले बतायो ।
आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरका बिरामी हुन् ।
आइतबार प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका प्रसाईँविरुद्ध कम्तीमा ५ वटा कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।