चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा आज छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा हुने छ । पूर्वप्रधानमन्त्रीहरू, पूर्वपराष्ट्रमन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग ओलीले छलफल गर्न लागेका हुन् ।

भ्रमणका एजेण्डा, नेपालले चीनसँग उठाउनुपर्ने विषयलगायतमा छलफल हुने बताइएको छ । भ्रमणको पूर्वसन्ध्यामा सुझावका लागि प्रधानमन्त्री ओलीले अनुभवी र सरोकारवालासँग सुझाव लिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेबाट चीनको भ्रमण गर्दैछन् ।

सम्बन्धित समाचार