नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १५।८३ अंकले बढेर २६८३.२४ बिन्दुमा अडिएको हो ।
यस दिन बजारमा १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार १३.०३ अंकले घटेर परिसूचक २६६७.४० बिन्दुमा बन्द भएको थियो ।
दोहारो अंकले बढे पनि ङादी ग्रुप पावर, जानकी फाइनान्स, मध्यभोटेकोशीलगायतको सेयर भने घटेको छ । ङादी ग्रुप पावरको १० प्रतिशतले ओरालो लागेको छ । सर्वाधिक कारोबारमा आज ङादी नै अगाडि छ । कम्पनीको ५४ करोडको कारोबार भएको छ ।
यसबाहेक बेस्ट फाइनान्सको २५ करोड, नेपाल फाइनान्सको २० करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र हाथवे इन्भेस्टमेन्टको १५/१५ करोडको कारोबार भएको छ ।
सोमबार कारोबारका आधारमा ङादी ग्रुप पावर लिमिटेड ५४ करोड ७ लाख ५० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । आज उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष समूह घटे पनि बाँकी सबै हरियो छन् ।