झण्डै ६९ लाखको औषधीसहित ट्रक प्रहरी नियन्त्रणमा

पर्सा प्रहरीले झण्डै ६९ लाखको औषधी र अन्य सामानसहित मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघर चोकबाट ना४ख २१६० नम्बरको ट्रक गएराति नियन्त्रणमा लिएको हो ।

मालबाहक ट्रकमा औषधी तथा खुद्रा सामान लोड गरी वीरगञ्जबाट चितवनतर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा बिल बिजकभन्दा बढीका सामान रहेको आशंका लागि ट्रकलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता, डीएसपी किशोर लम्सालले बताए ।

नियन्त्रणमा लिएको ट्रकलाई ६८ लाख ९१ हजार ४४९ रूपैयाँ बराबरको औषधी तथा खुद्रा सामानसहित अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डीएसपी लम्सालले बताए ।

सम्बन्धित समाचार