सोमबार नेप्से १५ अंकले बढेको छ । आज नेप्से १५.८३ अंकले बढेर २६८३.२४ विन्दुमा बन्द भएको छ ।
आज कुल ३०९ कम्पनीका एक करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर किनबेच हुदा ६ अर्ब ३४ करोड ५८ लाख बराबरको कारोबार भएको थियो ।
आज बेस्ट फाइनान्सको शेयर मुल्यमा सर्बाधिक ९.९१ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोको शेयर मुल्य ९.९१ प्रतिशतले बढेको छ । त्यसैगरी आज एनगाडी ग्रुप पावरको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी एनगाडी ग्रुप पावरको ५४ करोड ७ लाख ५९ हजार बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुप पावरकै सबैभन्दा बढी १० लाख ७७ हजार ६८५ कित्ता शेयर कारोबार भएको छ ।